मोरङ ३ मा कांग्रेसका शर्मा विजयी - Crazysaptahik.com

मोरङ ३ मा कांग्रेसका शर्मा विजयी

क्रेजी संवाददाता
पथरी । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका डा. शुनिल शर्मा विजयी भएका छन् ।

एमालेका उम्मेदवार भानुभक्त ढकाललाई फराकिलो मतान्तरले पराजित गर्दै शर्मा निर्वाचित भएका हुन् ।

वि.स. २०७४ सालको निर्वाचनमा ढकालले नै डाक्टर शर्मालाई १९०७ मतान्तरले पराजित गरेका थिए । यस पटक डाक्टर शर्माले २२ हजार ७३० को मतान्तर सहित ढकाललाई पराजित गरेर बदला लिएका छन् ।

शर्माले ४८ हजार ६३१ मत ल्याएका छन् । ढकालले २५ हजार ८९५ मत मात्रै पाए । राप्रपाबाट उम्मेदवार बनेकी रेखा थापाले १० हजार ९८८ मत ल्याएर तेस्रो भइन् ।

प्रदेश सभा ३ क मा कांग्रेसका मानबहादुर लिम्बु निर्वाचित भएका छन् । उनले १९ हजार ७४९ मत ल्याएका छन् । एमाले उम्मेदवार दिलिप राईले १४ हजार ८१७ मत पाएका छन् ।

मोरङको ३ ख मा एमालेका ज्ञानेन्द्र सुवेदी निर्वाचित भएका छन् । उनले एकीकृत समावादीका लक्ष्मीकुमार श्रेष्ठलाई पराजित गरे । सुवेदीले १७ हजार ७२८ मत ल्याए भने श्रेष्ठले १५ हजार ३५८ मत प्राप्त गरेका छन् ।

सम्बन्धित खवर