विराटको तस्बिरले सन्यासको आशंका - Crazysaptahik.com

विराटको तस्बिरले सन्यासको आशंका

भारतीय क्रिकेटर विराट कोहलीले एक तस्विर ट्वीट गरेका छन् जसले गर्दा उनले सन्यास लिन लागेको भन्दै व्यापक चर्चा भइरहेको छ । विराट हल ब्रेकमा रहेका छन् । यसै दौरान उनले ट्वीटर र इन्सटाग्राममा टी–२० विश्वकपमा मेलबर्नमा भएको भारत र पाकिस्तानबीचको एक तस्बिर साझा गरेका छन् ।

जसले गर्दा यतिबेला सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजीहरू गरिँदैछ । विराटले तस्बिरसँग लेखेका छन्, ‘२३ अक्टोबर, २०२२ यो दिन मेरो लागि सधैँ खास रहनेछ । कुनै पनि खेलमा पहिले यस्तो ऊर्जा महसुस गरेको थिइनँ । कस्तो उत्कृष्ट साँझ थियो त्यो !’

भारत र पाकिस्तानबीच भएको उक्त खेलमा विराटले ५३ बलमा ८२ रन बनाएका थिए । खेलमा पाकिस्तानले भारतलाई १६० रनको लक्ष्य दिएको थियो । यस खेलको रोमाञ्चक अन्तिम बलसम्म कायम रहेको थियो ।

विराटले भारतका लागि असम्भव देखिएको जीतलाई वास्तविकता बनाएका थिए । उनले तस्बिर पोस्ट गरेपछि उनका समर्थकहरुले विराटले कतै सन्यास लिन लागेका त होइनन् भन्दै प्रश्न उठाएका छन् ।

एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘भाइ, यस्तो तस्बिर लगाएर नलेख्नुहोस्, मुटुको धडकन बढ्न थाल्छ, कतै सन्यासको घोषणा त गरेका होइनौँ ।’ सोनी नाममा एक प्रयोगकर्ताले लेखेकी छन्, ‘मलाई त सुरुमा सन्यासको घोषणा पो गर्न लागेको भन्ने लागेको थियो ।’

अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘ढंगको तस्बिर प्रयोग गर्नुहोला, बिहान बिहान झण्डै हृदयघात आएको ।’

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.