सेनेगल विश्वकपको नकआउट चरणमा, इक्वेडर बाहिरियो - Crazysaptahik.com

सेनेगल विश्वकपको नकआउट चरणमा, इक्वेडर बाहिरियो

सेनेगल विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा सनेगलले इक्वेडरमाथि २–१ गोलको जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

खलिफा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सेनेगललाई जित दिलाउन समाइला कार र कालिउड कोलिबेले एक–एक गोल गरे । यता इक्वेडरका लागि मोसेइस काइकेडोले एक गोल गरे ।
कारले खेलको ४४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता लिदाए ।

खेलको ६७औं मिनेटमा काइकेडोल गोल गर्दै इक्वेडरलाई १–१ को बराबरीमा ल्याए । खेलको ७० औं मिनेटमा कालिउडले गोल गर्दै सेनेगललाई अन्तिम १६ मा पगाए ।

जितसँगै सेनेगलले ३ खेलबाट ६ अंक जोडेर समूह उप–विजेता बन्यो । यसै समूहमा नेदरल्यान्ड्सले ७ अंक जोडेर समूह विजेता बन्दै अन्तिम १६ मा पुग्यो ।

सम्बन्धित खवर