अन्तिम १६ मा पुग्ने चार टोलीको टुङ्गो लाग्यो, कसको भिडन्त कोसँग ? - Crazysaptahik.com

अन्तिम १६ मा पुग्ने चार टोलीको टुङ्गो लाग्यो, कसको भिडन्त कोसँग ?

विश्वकप फुटबलमा समूह ए र समूह बी का समूह चरणका खेलहरू टुङ्गिएका छन् । योसँगै दुई समूहबाट नकआउट चरणमा पुग्ने ४ वटा टोलीको फैसला भएको छ । समूह एबाट नेदरल्याण्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो भने सोही समूहबाट सेनेगल उपविजेता बन्न सफल भयो ।

बुधबार राति भएका खेलहरूमा नेदरल्याण्ड्सले कतारलाई २–० गोल तथा सेनेगलले इक्वेडरलाई २–१ गोलले हरायो । उता समूह बीबाट इंग्ल्याण्ड र अमेरिका समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश पाएका छन् ।

इंग्ल्याण्डले अन्तिम खेलमा वेल्सलाई ३–० ले पराजित ग¥यो भने अमेरिकाले इरानमाथि १–० जीत हात पायो । अब अन्तिम १६ मा दुई समूहका विजेता र उपविजेताबीच भिडन्त हुनेछ । अन्तिम १६ को पहिलो खेलमा समूह एको विजेता नेदरल्याण्ड्सले समूह बीको उपविजेता अमेरिकाको सामना गर्नेछ ।

दुई टोलीबीच ३ डिसेम्बरमा खलिफा अन्तर्राष्ट्रिय स्टेडियमा खेल हुनेछ । त्यस्तै, समूह बीको विजेता इंग्ल्याण्डले समूह एको उपविजेता सेनेगलसँग खेल्नेछ । दुई टोलीबीच अद बयात स्टेडियममा डिसेम्बर ५ को बिहान खेल हुनेछ ।

सम्बन्धित खवर