शान्ति सामुदायिक वनको १४ औं वार्षिक साधारणसभा - Crazysaptahik.com

शान्ति सामुदायिक वनको १४ औं वार्षिक साधारणसभा

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. १ मा स्थापित श्री शान्ति सामुदायिक वन उपभोक्ता समूहको १४ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

साधारणसभाका प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापोले स्थानीय सरकार सामुदायिक वनहरुसँग हातेमालो गरेर अघि बढ्ने बताउनुभएको छ । यस्तै विशिष्ट अतिथि उप–प्रमुख देवीमाया काफ्ले, अतिथिहरु वडा नं. १ वडाध्यक्ष भीमकुमार राई, कार्यपालिका सदस्य विरध्वज शिवा र वडा सदस्यहरुलाई सम्मान गरिएको थियो ।

यस्तै उद्योग वाणिज्य संघ पथरीका अध्यक्ष धनकुमार तामाङ, पथरी खानेपानी तथा सरसफाई समितिका अध्यक्ष जयराम बिष्ट, शान्ति सामुदायिकका कर्मचारीहरु हेमा चाम्लिङ राई, प्रेमबहादुर मगर, सनबहादुर धिमाल, सानुमाया धिमाललाई पनि सम्मान गरिएको थियो ।

कार्यवाहक अध्यक्ष हेमभक्त तमुको अध्यक्षतामा भएको वार्षिक साधारणसभामा सचिव रोमान्सी धिमालले आ.व. २०७८÷०७९ को कार्य प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नगर प्रमुख, वडा अध्यक्ष भीमकुमार राई, कुमार चाम्लिङ, वन समितिका अध्यक्षहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सम्बन्धित खवर