क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ९ मा वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत दुई दिने बेमौसमी तरकारी खेती तालिम सम्पन्न भएको छ ।
मंसिर १४ र १५ गते वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राईको अध्यक्षतामा तालिम सञ्चालन भएको हो । तालिम समापनको दिन सहभागी कृषकहरुलाई वडाध्यक्ष राईले कृषि सामाग्री वितरण गर्नुभएको थियो ।