क्रेजी संवाददाता
पथरी । पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ को वडा कार्यालयमा सीसी टिभी क्यामेरा जडान गरिएको छ ।
बुधबार वडा कार्यालय व्यवस्थापनको शीर्षकमा बिनियोजित बजेट मध्येको ९८ हजार बराबरको क्यामेरा जडान गरिएको वडाले जनाएको छ ।
कार्यालयलाई अझ व्यवस्थित, जनमुखी बनाउन र कागजातको सुरक्षाको लागि क्यामरा जडान गरिएको वडा अध्यक्ष नवीन कार्कीले बताउनुभयो ।