नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी - Crazysaptahik.com

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी

नेपाल रग्बी संघ र एसिया राग्बीको संयुक्त आयोजनामा यु–१८ एसिया रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा एसियाका ८ राष्ट्रको सहभागिता रहने नेपाल रग्बी संघका सचिव तथा प्रवक्ता गोविन्द घिमिरेले जनाएका छन् ।

घिमिरेका अनुसार नेपालसहित भारत, चीन, ताईपेइ, दक्षिण कोरिया, थाइल्यान्ड, मलेसिया, बंगलादेश र युएई सहभागी हुने छन् । पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने छ । नेपाली रग्बीको इतिहासमा नेपालमा पहिलो पटक रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।

नेपाली टोली हेटौँडाको गौरीटारस्थित रंगशालामा बन्द प्रशिक्षणमा रहेको छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न नेपाल रग्बी संघको कार्यवाहक अध्यक्ष दीपक देवकोटाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

त्यस्तै समारोह उपसमिति, प्राविधिक उपसमिति, खेल मैदान व्यवस्थापन उपसमिति, बसोबास व्यवस्थापन उपसमिति, यातायात व्यवस्था उपसमिति, खेल सामग्री तथा पोसाक व्यवस्थापन उपसमिति, स्वयंसेवक उपसमिति, सुरक्षा उपसमिति पनि गठन गरिएको छ । दुई दिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

सम्बन्धित खवर