वडा नं- ९ मा व्यवसायिक पशुपालन तालिम - Crazysaptahik.com

वडा नं- ९ मा व्यवसायिक पशुपालन तालिम

क्रेजीसंवादाता

पथरीशनिश्चरे, 

मोरङको पथरीशनिश्चरे वडा नं- ९ को आयोजनामा गत शनिबारदेखि तीन दिने व्यवसायिक पशुपालन तालिम सुरु भएको छ । ‘समुन्नत पशुपन्छी तथा माछा पालन, सम्पन्न किसान समृद्ध नगर’ भन्ने नाराका साथ सुरु भएको तालिम मंसिर २० गतेसम्म सञ्चालन हुनेछ ।

वडा अध्यक्ष वीरबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रमको प्राविधिक सहयोग पथरीशनिश्चरे नगरपालिका पशुपन्छी शाखाको रहेको छ । तालिममा वडा नं।९ को वडा सदस्यहरु र पशुपन्छी शाखाका प्रमुख पर्वत साह लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर