प्लेयर टू वाच : थियागो सिल्भा, ब्राजिल - Crazysaptahik.com

प्लेयर टू वाच : थियागो सिल्भा, ब्राजिल

ब्राजिलका भेटरान डिफेन्डर थियागो सिल्भा ३७ वर्षको उमेरमा पनि वर्तमान समयमा विश्वकै उत्कृष्ट सेन्टर ब्याकमध्ये एकमा गनिन्छन् । बल नियन्त्रण, शक्ति देखि खेललाई पढ्न सक्ने तथा ब्याकलाइनमा खाली ठाउँहरू भर्न सक्ने उनको क्षमता अद्भुत रहेको छ ।

चेल्सीमा रहँदा उनले च्याम्पियन्स लिग, यूईएफए सुपरकप तथा फिफा क्लब विश्वकपको उपाधि जित्दै फ्यानहरूको प्रिय बने । चेल्सीका लिजेन्ड जोन टेरीले समेत ब्राजिलियन खेलाडीको प्रशंसा गरेका छन् । यसअघि एसी मिलान र पेरिस सेन्ट जर्मेनमा युरोपियन फुटबल खेलिसकेका सिल्भाले लिग वान उपाधि, इटालियन लिगदेखि अन्य कप प्रतियोगिता जितेका छन् ।

ब्राजिलका लागि उनले कोपा अमेरिका र फिफा कन्फेडेरेसन कपको उपाधिसमेत जितिसकेका छन् । ब्राजिलको राष्ट्रिय टोलीमा सन् २००८ मा डेब्यू गरेका उनले हालसम्म टोलीका लागि १ सय ११ खेल खेल्दै ७ गोल गरेका छन् ।

सम्बन्धित खवर