‘विवादरहित वनलाई वडाले सधैं सहयोग गर्नेछ’–वडाध्यक्ष राई - Crazysaptahik.com

‘विवादरहित वनलाई वडाले सधैं सहयोग गर्नेछ’–वडाध्यक्ष राई

क्रेजी संवाददाता
पथरी । मोरङ पथरीशनिश्चरे–१ का वडाध्यक्ष भीमकुमार राईले वडामा रहेका विवादरहित सामुदायिक वनहरूलाई वडाले सक्ने सहयोग गर्ने बताउनुभएको छ ।

मंगलबार पथरीशनिश्चरे–१ मा स्थापित श्री मनकामना सामुदायिक वन उपभोक्ता समूहको १४ औं वार्षिक साधारणसभामा प्रमुख अतिथि रहनुभएका वडाध्यक्ष राईले सो कुरा उद्घोष गर्नुभएको हो ।

कार्यक्रममा सचिव स्मृता राईले प्रगति प्रतिवेदन, कोषाध्यक्ष यामबहादुर चोङबाङले आर्थिक प्रतिवेदन र अध्यक्ष दिनेश राईले भावी योजना र नीतिबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यस्तै कार्यक्रममा सुन्दर सामुदायिक वनका अध्यक्ष मानबहादुर पाठक, सुनाखरी माविका वि.व्य.स. अध्यक्ष तथा सामाजिक अभियन्ता प्रदिपकुमार राई, वन फरेस्टर प्रदिप कुँवर, ओमप्रकाश राई र सामुदायिक वन उपभोक्ता महासंघ नगर अध्यक्ष रविन्द्र राईले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जेष्ठ उपभोक्ताहरुलाई सम्मान पनि गरिएको थियो ।

सम्बन्धित खवर