क्यान मोरङको अध्यक्षमा कुण्डलीया चयन - Crazysaptahik.com

क्यान मोरङको अध्यक्षमा कुण्डलीया चयन

क्रेजी संवाददाता
विराटनगर । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) मोरङको अध्यक्षमा प्रवीण कुण्डलीया चयन हुनुभएको छ ।

विराटनगरमा भएको क्यान महासघ मोरङको पाचौँ साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा कुण्डलीया चयन हुनुभएको हो । यस्तैगरी उपाध्यक्षमा सौरभ गोल्छा, सचिवमा अजिप चापागाईं, सह–सचिवमा प्रकाश उप्रेती र कोषाध्यक्षमा सुजित झा चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा नविन यादव, आशिष धनावत, रतन पारख र डम्बर बहादुर राई चयन भएको जनाइएको छ ।

क्यान महासघ मोरङबाट महाधिवेशन प्रतिनिधिमा निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद सर्वसम्मत चयन भएको समितिले जनाएको छ ।
क्यान महासघ मोरङको पाचौ साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशन सफलता पुर्वक इन्द्रेणी पार्टी प्यालेस विराटनगरमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कम्प्युटर एसोसिएसन नेपाल (क्यान)का केन्द्रीय सचिव ठाकुर श्रेष्ठ रहनुभएको थियो ।

सम्बन्धित खवर