थरी थरीका फुटबल फ्यानहरू (फोटोफिचर) - Crazysaptahik.com

थरी थरीका फुटबल फ्यानहरू (फोटोफिचर)

दर्शकबिना फुटबल खेलको मज्जा नै हुँदैन । किनभने फुटबल खेलमा २२ जना खेलाडी मात्र मैदानमा भिडिरहेका हुँदैनन् । खेल मैदानबाहिर दर्शक पनि सँगसँगै आफूलाई खेलमा संलग्न गराइरहेका हुन्छन् ।

दर्शकले नै आफूले समर्थन गरेको टोलीको हौसला बढाइरहेका हुन्छन् भने विपक्षी टोलीलाई गिज्याएर उनीहरूको लय बिगारिरहेका हुन्छन् । कतारमा जारी विश्वकप फुटबल यतिबेला अन्तिम चरणमा प्रवेश गरिसकेको छ ।

यस विश्वकपमा पनि विश्वभरमा फुटबल समर्थकहरू कतारमा भेला भएका छन् । मैदानमा पुगेर आफ्नो टोलीलाई समर्थन गरिरहेका छन् । के बालक, के वृद्ध, सबै उमेर समूहका फ्यानहरूलाई मैदानमा देख्न सकिन्छ ।

अनुहारलाई देशको झण्डाको रङ्गमा रङ्गिएर, अनौठा लुगा लगाएर मैदान प्रवेश गरेका समर्थकहरूले पुरै रङ्गशालालाई नै रङ्गिन बनाएका छन् ।

सम्बन्धित खवर