पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले फिफा विश्वकप फुटबलमा पोर्चुगलविरुद्धको जितमा मोरक्को टोलीलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पोर्चुगललाई हराएर फुटबल विश्वकपको सेमिफाइनलमा प्रवेश गरेकोमा मोरक्कोलाई बधाई छ । पहिलो पटक कुनै अरब, अफ्रिकी र मुस्लिम देशको टोली विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
खेलको लागि बधाई छ ।’ अब सेमिफाइनलमा मोरक्कोले डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । शनिबार पोर्चुगललाई १–० ले हराउँदै मोरक्कोले फिफा विश्वकपमा इतिहास रच्यो । मोरक्को सेमिफाइनल खेल्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।
मोरक्कनका स्ट्राइकर युसेफ अन–नासारीले गरेको गोलले टोलीलाई सेमिफाइनलमा पुर्यायो ।यसअघि नसारीले दुई हेडर प्रहार गरे पनि दुवै गोलपोस्टमाथि गए ।
तर पोर्चुगलका गोलकिपर डिएगो कोस्टा र डिफेन्डर रुबेन डियासले नासरीलाई धेरै बेर रोक्न सकेनन् र पहिलो हाफ सकिनुअघि नै नासरीले ४२ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।पोर्चुगलले एक गोल पनि गर्न सकेन र मोरक्कोको जितसँगै सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ ।