इभान पेरिसिक कतार विश्वकपमा उत्कृष्ट फममा भएका क्रोएसियन खेलाडी हुन् । पेरिसिकले प्रि–क्वाटरफाइनल खेलमा जापान विरुद्ध गोल गर्दै टिमलाई हारबाट जोगाएका थिए । त्यसपछि टिमले अहिले पेरिसिकलाई टिमको महत्वपूर्ण खेलाडीको रुपमा लिएको छ ।
अर्जेन्टिनाविरुद्धको सेमिफाइनल खेलमा पेरिसिकलाई महत्वपूर्ण भूमिकामा देखिनेछ ।क्रोएसियाका लागि महत्वपूर्ण खेलाडीहरुको सूचिमा उनी पनि समावेस छन् । गत विश्वकपमा पनि पेरिसिकले टिमका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।
पेरिसिकले विश्वकपमा एक गोलसँगै दुई असिस्ट पनि गरेका छन् । पेरिसिकले क्रोएसियाका लागि विश्वकप जित्नु नै आफ्नो फुटबल करियरको महत्वपूर्ण लक्ष्य भएको बताएका छन् । देशका लागि एक ठूलो उपाधि दिलाउन आफू लागि पर्ने बताए ।
‘विश्वकप उपाधि मेरो खेल जीवनको मुख्य लक्ष्य हो । मैले फुटबल खेल्न थालेदेखि नै राष्ट्रिय टोली या ठूलो क्लबबाट खेल्ने सपना देख्थे जो आज पूरा भएको छ । अब लक्ष्य विश्वकप उपाधि हुनेछ,’ पेरिसिकले भने । पेरिसिकले क्रोएसियाका लागि १२१ खेल खेलेका उनले ३३ गोल गरेका छन् ।