‘को महान् ?’ भन्ने विवाद अन्त्य गर्न मेस्सीलाई मौका - Crazysaptahik.com

‘को महान् ?’ भन्ने विवाद अन्त्य गर्न मेस्सीलाई मौका

‘विश्व फुटबलका महान् खेलाडी को हो ?’ भन्ने प्रश्न गर्दा उत्तर आउँछ – मेस्सी कि रोनाल्डो । यो दशकका दुई महान् खेलाडीका लागि विश्वकप जित्ने अन्तिम अवसर भनेकै कतार विश्वकप २०२२ हो ।

पोर्चुगल क्वार्टरफाइनलबाट बाहिरिँदा अर्जेन्टिनालाई अझै विश्वकप फुटबलको उपाधि उचाल्ने मौका छ । विश्वकप उपाधि उचाल्दै मेस्सीलाई ‘को महान् ?’ भन्ने विवादलाई सधैँका लागि समाप्त गर्ने अवसर छ ।

६ पटकका बालोन डी’ओर विजेता मेस्सी विश्वकप जितेसँगै सातौँ पटकको बालोन डी’ओर जित्ने विश्व फुटबलमा पहिलो खेलाडी बन्नेछन् । उनको इतिहासलाई पन्छाउन सायदै खेलाडीले सक्नेछन् ।

मेस्सीले यो विश्वकपमा ५ खेल खेलेर ४ गोल गरेका छन् । मेस्सीलाई विश्वकप फुटबलको उपाधि जित्ने मौका यसअघि नआएको भने होइन । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबलको उपाधि जित्ने मौका मेस्सीलाई थियो ।

उक्त समयमा अर्जेन्टिना फाइनल जर्मनीसँग पराजित हुन पुग्यो । खेलको अन्तिम समयमा अर्जेन्टिनाले गोल गर्दै उपाधि उचाल्यो । प्रतियोगितमा मेस्सी नै उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

सन् २०१८ को विश्वकपमा भने अर्जेन्टिना अन्तिम १६ बाट बाहिरियो । फ्रान्ससँग ३–२ गोल अन्तरले पराजित हुँदै अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिएको थियो । कमजोर फर्ममा भएको अर्जेन्टिनाले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै सन् २०२१ को कोपा अमेरिकाको उपाधि जित्यो ।

फाइनल खेलमा ब्राजिललाई १–० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको थियो ।उक्त प्रतियोगिताका सर्वाधिक गोलकर्ता थिए मेस्सी । अर्जेन्टिनाको लय अहिले पनि सोही स्तरको छ ।

प्रतियोगितामा अर्जेन्टिनाले समूह चरणको पहिलो खेलमा हारको नतिजा निकाल्दा पनि त्यसपछिको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई साबित गरेको छ । अब अर्जेन्टिना विश्व विजेता बन्नका लागि मात्र दुई कदम बाँकी छ ।

सन् २०१८ को विश्वकपमा अर्जेन्टिनाले क्रोएसियासँग समूह चरणमा खेलेको थियो । उक्त खेलमा अर्जेन्टिना क्रोएसियासँग ३–० गोल अन्तरले पराजित भएको थियो । तर, अर्जेन्टिनाको टोली यो पटक लयमा छ ।

विश्वकप नै जित्ने लयमा आएको अर्जेन्टिना आजको खेलमा सहज जित निकाल्दै फाइनलमा स्थान बनाउने योजनामा छ । साबिकको उप–विजेता क्रोएसियासँग जित निकाल्न अर्जेन्टिनालाई सहज छैन ।

मेस्सीको भरमा रहेको अर्जेन्टिना भने यो पटक केही बलियो छ । मेस्सीले आफूले मौका सदुपयोग गर्दै अन्य खेलाडीका लागि राम्रो अवसर दिलाउँदै आएका छन् ।

टिमको लिडरका रूपमा रहेका मेस्सीले मैदान बाहिर र भित्र दुवै ठाउँमा टिमका लागि लिडरको भूमिका खेल्दै आएका छन् । अर्जेन्टिना पनि अहिले मेस्सीसँगै आफ्नो लागि उपाधि दिलाउन लागेको छ । यता मेस्सीलाई पनि आफू महान् खेलाडी साबित गर्ने मौका छ ।

सम्बन्धित खवर