विराटनगरले अनुबन्ध गरे पाकिस्तानका खेलाडी - Crazysaptahik.com

विराटनगरले अनुबन्ध गरे पाकिस्तानका खेलाडी

पाकिस्तानका क्रिकेट खेलाडी हुसेन तलतले विराटनगरबाट नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । विराटनगरले  एक विज्ञप्ति निकाल्दै उनलाई अनुबन्ध गरेको बताएको छ ।

तलतले पाकिस्तानका लागि १८ टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै ३९४ रन बनाएका छन् । त्यस्तै उनले एक मात्र एकदिवसीय खेल खेलेका छन् । त्यस्तै १८ टी–ट्वान्टी खेल खेल्दै ४ विकेट लिएका छन् ।

‘तलत जस्तो खेलाडी अनुबन्ध गर्न पाउँदा हामीलाई खुसी लागेको छ । यसले हाम्रो टोलीको प्रदर्शनलाई टेवा पुगाउने अपेक्षा छ,’ विराटनगरका टिम मालिक आरके गुप्ताले भने ।

सम्बन्धित खवर