सिक्मिमेली स्रष्टा जीविका अश्रुको गजल सङ्ग्रह विमोचन - Crazysaptahik.com

सिक्मिमेली स्रष्टा जीविका अश्रुको गजल सङ्ग्रह विमोचन

 


क्रेजीसंवादाता

पथरी,
राष्ट्रिय जनसाहित्यिक संघ,नेपालको आयोजनामा सिक्किमेली स्रष्टा जीविका अश्रुको गजलसंग्रह एक समारोहका वीच विमोचन गरिएको छ। उक्त समारोहका सभापति राम विनय थिए भने जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष प्रेमनाथ अधिकारी प्रमुख अतिथि भएको कार्यक्रममा डा.देवी नेपालले समिक्षकको भूमिका निर्वाह गरेका थिए।

उनको संग्रह भित्रका गजलले जुनसुकै चुनौतीको सामना गर्नपनि सामर्थ्य रहेको बताएका छन्। साथै पुर्णतः आशावादी रहेको भन्ने कुराको जानकारी गराए। गजलतर्फ बढेका पाइला अब नमोढ्न पनि आग्रह गर्नुका साथै शुभकामना पनि व्यक्त गरे।

विशिष्ट अतिथि वरिष्ठ साहित्यकार स्नेह सायमीले साहित्यको सिमाना हुदैन र नेपालकी चेली जीविका अश्रु सिक्किममा रहेर भाषा साहित्यको सेवामा अनवरत लागिरहेको र लागिरहन उत्साहहित गरे।

अर्का विशिष्ट अतिथि डेउडा गायक नन्दकृष्ण जोशीले आफूले कान्तिपुर रेडियो कार्यक्रममा वाचन गर्ने गरेका गजलको स्मरण गर्दै आज यहाँ पुस्तकाकारमा आएको कृति आकाश मेरोपनि विमोचनको कार्यक्रम काठमाडौमा भएको हुँदा यसले स्रष्टाहरुलाई एकै मालामा गाँसेको विचार व्यक्त गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिले जीविकाको साहित्यिक चेत संगीतमय छ साथै जातीय विभेद हटाएर एकताबद्व भएर रहने चेत भएका गजल छन् भने। यस कार्यक्रमको उद्घोषण ज्ञानु विद्रोहीले गरेका थिए भने कार्यक्रमको संयोजन भने दिपेन्द्र बनेपालीले गरेका थिए।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.