क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले आयोजना गरेको अन्डर १५ फुटबल प्रतियोगिताको उपाधि बाल्मीकि आफ्नो पोल्टामा पारेको छ ।
प्याव्सनले आयोजना गरेको खेलकुद कार्यक्रम आइतबार फुटबलको उपाधि बाल्मीकिले जितेको हो । अन्डर १५ फुटबल पुरुषको तीन दिनसम्म प्रतियोगिता भएको थियो ।
पथरीशनिश्चरे–२ स्थित देविगञ्ज फुटबल मैदानमा भएको फाइनल खेलमा रेडस्टारलाई सडन डेथमा पराजित गर्दै बाल्मीकि प्रथम भएको हो । खेल अवधिभर बराबरी गोल, ट्राइब्रेकरमा तीन बराबरी गोल भएपछि खेलको निर्णय सडनडेथबाट लिनु परेको थियो । खेलको पहिलो हाफको दुई मिनेटमै रेडस्टारका सौजनसमाल मगरले गोल गरेर आफ्नो टिमलाई अगाडि बढाए । दोस्रो हाफको पहिलो मिनेटमै बाल्मीकिका युङहाङ राईले गोल गरेर खेललाई बराबरीमा ल्याएपछि खेल रोमाञ्चित बनेको थियो ।
खेल अवधिभर एक÷एक बराबरी गोल भएपछि भएको टाइब्रेकरमा रेडस्टारका छोसाङ गुरुङ, फुङलाहाङ फ्याक, उत्पल गुरुङले गोल गरेका थिए । सुजन चेम्जोङ र सौजन मगरले गरेको गोल विपक्षी गोलकिपर युकेस तामाङले विफल तुल्याएका थिए ।
वाल्मीकिको खेलाडी ओमन तामाङ, युङहाङ राई, सायल लिम्बूले गोल गरेका थिए भने अनुभब जोगी र मनिस लिम्बुले प्रहार गरेको गोल पोष्ट बाहिरिएपछि पुनः बराबर भएको थियो ।
सडनडेथमा रेडस्टारका आभास परियारले गोल गरेका थिए भने सन्देश लिम्बु र नितन राईको गोल पोष्ट बाहिएको थियो । वाल्मीकिको तर्फबाट ओबेट लिम्बुले प्रहार गरेको गोल बिपक्षी रेडस्टारका किपर फुङ्लाहाङ्ग फ्याक लिम्बुले रोकेपनि प्रतिक घिसिङ र तेजबहादुर पाण्डेले गोल हानेपछि प्याब्सन अन्डर १५ फुटबल प्रतियोगितामा प्रथम हुन सफल भएको हो ।
निक्कै नै प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्न सफल रेडस्टारले उपबिजेतामा चित्त बुझाउनु प¥यो । प्रतियोगितामा ७ गोल गर्ने बालजागरणका खेलाडी योगराज खड्का हाइइस्कोरर घोषित भए । वाल्मीकिले खेल अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको थियो ।
फुटबल प्रतियोगितामा पथरीशनिश्चरेमा रहेका १६ वटा निजी विद्यालयहरु सहभागी भएको प्याब्सन पथरीशनिश्चरे नगर समिति अध्यक्ष सुरेन्द्र लिम्बुले बताए ।