प्याव्सनले आयोजना गरेको खेलकुद कार्यक्रमको समापन - Crazysaptahik.com

प्याव्सनले आयोजना गरेको खेलकुद कार्यक्रमको समापन

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन)ले आयोजना गरेको खेलकुद कार्यक्रम आइतबार समापन भएको छ ।

पथरीशनिश्चरेमा रहेका निजी विद्यालयहरुको संगठन प्याब्सनको आयोजनामा अन्डर १५ फुटबल (पुरुष) र भलिबलमा पुरुष र महिलाहरुको तीन दिनसम्म प्रतियोगिता भएको थियो ।

प्रतियोगिताको फुटबलतर्फको फाइनल आइतबार भएको थियो । पथरीशनिश्चरे–२ मा अवस्थित देविगञ्ज फुटबल मैदानमा भएको फाइनल खेलमा रेडस्टारलाई सडन डेथमा पराजित गर्दै बाल्मीकि बोर्डिङ स्कुल प्रथम भएको छ ।

फाइनल खेल अबधिभर एक बराबरी, ट्राइब्रेकरमा तीन बराबरी गोल भएपछि खेलको निर्णय सडन डेथको आधारमा लिनु परेको थियो । प्रथम हापको दुई मिनेटमा रेडस्टारका सौजनसमाल मगरले गोल गरेर आफ्नो टिमलाई अगाडि बढाएका थिए । दोस्रो हापको पहिलो मिनेटमै बाल्मीकि स्कुलका युङहाङ राईले गोल गरेर बराबरीमा पु¥याएपछि खेल रोमाञ्चित बनेको थियो ।

सडनडेथमा रेडस्टारका आभास परियारले गोल गरेका थिए भने सन्देश लिम्बू र नितन राईको गोल पोष्ट बाहिएको थियो । बाल्मीकिको तर्फबाट ओबेट लिम्बूले हानेको गोल बिपक्षी रेडस्टारका किपर फुङ्लाहाङ्ग फ्याक लिम्बूले रोकेपनि प्रतिक घिसिङ र तेजबहादुर पाण्डेले गोल हानेपछि प्याब्सन अन्डर १५ फुटबल प्रतियोगितामा प्रथम हुन सफल भएको हो ।

कडा प्रतिष्पर्धावीच रोमाञ्चक खेल प्रदर्शन गर्न सफल रेडस्टार उपबिजेतामा चित्त बुझाउनु प¥यो । प्रतियोगितामा सात गोल गर्ने बालजागरणका खेलाडी योगराज खड्का हाइ स्कोरर घोषित भए ।

फुटबल प्रतियोगितामा पथरीशनिश्चरेमा रहेका १६ वटा निजी विद्यालयहरु सहभागी भएको प्याब्सन पथरीशनिश्चरे नगर समिति अध्यक्ष सुरेन्द्र लिम्बूले बताए । यस्तै भलिबल प्रतियोगितामा पुरुष तर्फ एभरेष्ट आवसीय मावि प्रथम, वाल्मीकि दोस्रो, भलिबल महिलातर्फ भूपू सैनिक प्रथम र एभरेष्ट दोस्रो भएको प्याव्सन नगर समितिको खेलकुद बिभाग प्रमुख सुजन बास्तोलले जानकारी गराए ।

प्रतियोगिताको प्रथम र दोस्रो हुने खेलाडीहरुलाई प्याब्सनको तर्फबाट ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा प्रथम हुने फुटबल टिम (स्कुल) र भलिबलमा महिला, पुरुष प्रथम र दोस्रो हुनेलाई मोरङ जिल्ला प्रतियोगितामा लगिने प्याव्सन पथरीशनिश्चरे नगर समिति अध्यक्ष सुरेन्द्र लिम्बूले जानकारी दिए । मोरङ जिल्लामा रहेको १७ वटा पालिकाबाट जितेर आएको टिमहरुलाई जिल्लामा प्रतिस्पर्धा गराइने र यहाँ प्रथमहुने टिमहरुलाई प्रदेशमा प्रतिष्पर्धा गराउने कार्यक्रम रहेको प्याब्सनले जनाएको छ ।

प्याब्सन नगर समितिले गत एसईई परीक्षामा ३.८५ जीपीए ल्याउने न्युपेगोडाको युगलकिशोर अधिकारी, प्यागोडा मोडलको प्रविण बोहोरा र बाल्मीकिको त्रिसा विष्टलाई दुई हजार नगदसहित सम्मान गरेको थियो ।

समापन कार्यक्रममा प्याब्सन १ नम्बर प्रदेश समिति अध्यक्ष टिकाराम ढाकाल, पथरीशनिश्चरे नगरका शिक्षा अधिकृत नवीन खुलाल, २ नम्बर वडा अध्यक्ष नैना राई, प्याब्सन नगर सल्लाहकार उपेन्द्र कंडेल लगायतले शुभकामना मन्तब्य दिएका थिए । समापन कार्यक्रममा एभरेष्ट स्कुल सञ्चालक, प्रिन्सिपल रबिन कन्दङ्वा, बाल्मीकिको नोवलकिशोर खनाल, न्युपेगोडाको टिकप्रसाद दंगाल, रेडस्टारका राजु तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर