बलात्कार मुद्दामा मिलापत्र गराउने पक्राउ - Crazysaptahik.com

बलात्कार मुद्दामा मिलापत्र गराउने पक्राउ


क्रेजी साप्ताहिक
पथरी । मोरङको रंगेलीमा भएको बलात्कारको घटना मिलाउन खोज्ने सात जना पक्राउ परेका छन् । सुस्त मनस्थितिकी १६ वर्षीय किशोरीमाथि सामूहिक बलात्कारको घटना १० जना गाउँका अगुवाले मिलापत्र गराएका थिए । उनीहरु मध्ये सात जना पक्राउ परेका छन् । बलात्कारमा संलग्न भएको आरोपमा रोमन मगर र प्रिन्स अधिकारी पक्राउ परेका छन् । घटनामा संलग्न भएको आरोप लागेका सुनिल चौधरी नाम गरेका युवा फरार छन् ।

इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार मिलापत्र गराउने मध्ये ६५ वर्षीय रामबहादुर राजवंशी, ७० वर्षीय निमलाल राजवंशी, ६० वर्षीय शेखर गौतम, ३७ वर्षीय चित्रसेन राजवंशी, ४० वर्षीय अभिनव बजगाई, ३३ वर्षीय दिलिप मुर्मु र ३५ वर्षीय सुवास राजवंशी पक्राउ परेका हुन् भने ३ जना अझै फरार छन् । फरार हुनेहरुमा ३५ वर्षीय गणेशप्रसाद दाहाल, ३४ वर्षीय रेवतबहादुर काफ्ले र ५५ वर्षीय चेतबहादुर मगर रहेका छन् ।

रंगेली नगरपालिका–९ की सुस्त मनस्थितिकी १६ वर्षीय किशोरीको गत असार २० गते सामूहिक बलात्कार भएको थियो । घटना सार्वजनिक भएपछि गाउँमा स्थानीय अगुवालाई राखेर प्रहरीमा नजाने सर्तमा असार २६ गते मिलापत्र गरिएको थियो । बलात्कारको आरोप लागेका तीनै जनाले साउन ६ गते भित्रमा पीडित किशोरीलाई ५०/५० हजार रुपैयाँ दिने कागजमा उल्लेख छ । तर त्यस अघि नै घटना बाहिरियो । प्रहरीले बलात्कारमा संलग्न २५ वर्षीय रोमन मगर र २४ वर्षीय प्रिन्स अधिकारीलाई साउन ३ गते पक्राउ गरेर जबरजस्ती करणी मुद्दामा अनुसन्धान चलाइरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.