चितवनमा शनिबारदेखि भेट्रान कप फुटबल - Crazysaptahik.com

चितवनमा शनिबारदेखि भेट्रान कप फुटबल

चितवनमा शनिबारदेखि स्व दिलीप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ । चितवन भेट्रान फुटबल क्लबको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

आगामी फागुन ४ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपाल र भारतका गरी १६ टोली सहभागी हुने प्रतियोगिताका संयोजक हरिप्रसाद भट्टले जानकारी दिए । प्रतियोगितामा भारतको कोलकातासहित नेपालबाट आयोजक चितवन भेट्रान निलो, चितवन भेट्रान रातो, अभिषेक चर्च भेट्रान रजहर, नागासोती भेट्रान क्लब हेटौँडा, सिमरा भेट्रान सिमरा, डिफेन्डिङ च्याम्पियन फ्रिडम फाइटर ठमेल, भूपू सैनिक जबई स्पोर्टिङ, एक्स महेन्द्र पुलिस क्लब, बगरभाइ खलक भेट्रान, हेटौँडा भेट्रान, फ्रेण्ड्स भेट्रान, दरबार भेट्रान नुवाकोट र थापागाउँ सुधार समिति सहभागी हुनेछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नकआउटका आधारमा हुने उक्त प्रतियोगितामा दुवै समूहका शीर्ष टोली फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले रु एक लाख ५१ हजार र उपविजेताले रु ७५ हजार पाँच सय प्राप्त गर्ने छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रु १० हजार तथा उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले रु पाँच–पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा ४० वर्षमाथिका खेलाडी सहभागी हुने छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.