बलात्कार गर्न खोन्नेमाथि बालिकाले गरिन खुकुरी प्रहार - Crazysaptahik.com

बलात्कार गर्न खोन्नेमाथि बालिकाले गरिन खुकुरी प्रहार


क्रेजी साप्ताहिक
पथरी । झापाकी १३ वर्षीय बालिकाले आफुलाई बलात्कार गर्न खोज्ने युवकमाथि खुकुरी प्रहार गरेकी छिन् । झापाको बुद्धशान्ति गाउँपालिकाकी उनिलाई बलात्कार गर्न खोज्ने क्रममा प्रतिकारका रुपमा युवकमाथि खुकुरी प्रहार गरेकी हुन् । धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङले बालिकालाई बारम्बार धम्कि दिएर बलात्कार गर्दै आएका थिए । तर घटनापछि यसको रहस्य खुलेको छ । घटना खुलेपछि स्थानीय युवाले गुरुङलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् ।

दिउँसो कोही नभएका मौका छोपेर घरमा आएर धम्की दिंदै बलात्कार गर्ने गरेको पीडित बालिकाको भनाइ छ । गुरुङले बलात्कारका विषयमा कसैलाई सुनाए बाबुलाई मारिदिने र विदेशमा रहेकी आमाको शव बाकसमा ल्याइदिने भन्दै धम्की दिने गरेको पीडित बालिकाले बताइन । ‘तेक्वान्दो खेलाडी हुँ, स्टेप ग्रीन बेल्ट पाएकी छु, मलाई गुरुले सिकाउनु भएको छ, त्यसैले आत्मविश्वास बढेको हो,’ बालिका भन्छिन, ‘सिरानीमा खुकुरी राखेको थिएँ, छप्काइदिएँ’।’ पटकरपटक पीडा सहेर बस्नुभन्दा मारेर जेल जानु ठीक हुने सोचेर खुकुरी हानेको उनको भनाइ छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.