स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल - Crazysaptahik.com

स्कटल्याण्डविरुद्ध पहिले बलिङ गर्दै नेपाल

आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय सिरिज अन्तर्गत स्कटल्याण्डविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

स्कटल्याण्डले केही बेरमा नेपालविरुद्ध ब्याटिङ गर्नेछ । पहिलो खेलमा नामिबियालाई पराजित गरेका दुवै टोली आज दोस्रो जितको खोजीमा छ । स्कटल्याण्डविरुद्ध नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा चार खेल खेलेकोमा १ मा मात्र जित हात पारेको छ ।

सिरिजमा नेपाल २५ खेलमा २० अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । स्कटल्याण्ड ३३ खेलमा २३ मा जित र ८ मा हारका साथ ४८ अंकका साथ तीन खेल आगावै विश्वकप लिग टूको च्याम्पियन भइसकेको छ ।

नेपाली टोली

रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, गुलशन झा

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.