यू–१९ विश्वकप एशिया छनोट : आज नेपाल र सिंगापुर भिड्दै - Crazysaptahik.com

यू–१९ विश्वकप एशिया छनोट : आज नेपाल र सिंगापुर भिड्दै

यू–१९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै छन् । हिजो साँझ युएई पुगेको नेपाली यू–१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिड्न लागेको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई हिजो बिदाइ गरेको थियो ।

क्यानका अनुसार दोस्रो खेल भने २५ फेब्रुअरी अर्थात १३ फागुनमा कुवेतसँग हुनेछ भने कुवेतसँग खेल खेलेको एक दिन पछि लगतै नेपाली यु–१९ टोलीले २७ फेब्रुअरी अर्थात १५ फागुनमा हङकङसँग खेल्नेछ । २८ फेब्रुअरी अर्थात १६ फागुनमा मलेसियासँग खेल्ने नेपाली टोलीले दुई दिन विश्राम लिएर अन्तिम खेल भने २ मार्च अर्थात १८ फागुनमा युएईसँग खेल्ने क्यानले जनाएको छ ।

युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् । उक्त खेलमा विजेता एउटा टोलीले २०२४ मा श्रीलङ्कामा हुने यू–१९ विश्वकप खेल्ने मौका पाउने छन् । त्यसका लागि यू–१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले म‌‌गलबार मात्र देव खनाललाई कप्तान चयन गरेका थिए ।

यस अघिका कप्तान गुल्सन झा सम्हाल्दै आएको कप्तानी यूएईमा हुने अर्को खेल आईसीसी क्रिकेट विश्वकप लिग–२को शृङ्खलाका लागि सिनियर टिम मै रहने भएपछि देवलाई नयाँ जिम्मेवारी दिइएको हो ।

नेपाली यू–१९ टोली

देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे, हेमन्त धामी, दुर्गेश गुप्ता, दीपक बोहरा (बि), आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.