रवि लामिछाने कानुन भन्दामाथि छैनन् ः मन्त्री ज्ञवाली - Crazysaptahik.com

रवि लामिछाने कानुन भन्दामाथि छैनन् ः मन्त्री ज्ञवाली


क्रेजी साप्ताहिक
पथरी । परराष्टमन्त्री प्रदीप ज्ञवालीले टेलिभिजन प्रस्तोता रवि लामिछाने कानुनभन्दामाथि नभएका बताएका छन् । उनलाई प्रहरीले अनुसन्धानको सिलसिलामा प्रहरीले पक्राउ गरेको बताउदै सो कुरा वताएका हुन् ।

गृहजिल्ला गुल्मीमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले कोही पनि व्यक्ति कानुन भन्दामाथि नहुने र कानुन सवैलाई लाग्ने बताएका छन् । नुवाकोटका पत्रकार शालिकराम पुडासैनी आत्महत्याको सिलसिलामा अनुसन्धानका लागि लामिछानेलाई चितवन प्रहरीले पक्राउ गरी पाँच दिन म्याद थपेपछि भएका विरोधका सन्दर्भमा मन्त्री ज्ञवालीले यसो भनेका हुन् । मन्त्री ज्ञवालीले कानुनले सबैलाई समान मान्ने भन्दै घटनालाई अतिरञ्जित गर्न जरुरी नहरेको स्पष्ट पारे ।

ामन्त्री ज्ञवालीले पुडासैनीको भिडियो आफूले पनि हेरेको जानकारी दिए । भिडियोबारे पनि प्रहरीले अनुसन्धान गरिहेको उनको भनाइ थियो । ’रविजी पनि कानुनभन्दा माथि हुनुहुन्न । सोधपुछका लागि प्रहरीले उहाँलाई पक्राउ गरेको हुनुपर्छ’, मन्त्री ज्ञवालीले भने, ‘भिडियो इडिटको कुरा आएको छ । त्यसबारे पनि प्रहरीबाट अनुसन्धान हुनेछ ।’ पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले मरेको मानिसले नामै तोकेर आत्महत्या गर्न बाध्य पारेको भनेपछि प्रहरीले अनुसन्धान गर्नु स्वभाविक भएको बताए।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.