रवि लामिछानेकी पत्नी निकिताले दिएको उजुरी काठमाडौं प्रहरीद्धारा अस्विकार - Crazysaptahik.com

रवि लामिछानेकी पत्नी निकिताले दिएको उजुरी काठमाडौं प्रहरीद्धारा अस्विकार


क्रेजी साप्ताहिक

पथरी । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलले दिएको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ ।

अनुसन्धानमा रहेको पत्रकार पुडासैनीको आत्महत्यासम्बन्धी भिडियो कीर्ते तथा दुरुपयोग गरेको भन्दै पौडेलले चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । तर प्रहरीले उजुरी दर्ताका लागि प्रमाण नपुग्ने र चितवनमा अनुसन्धान भइरहेको विषयमा क्षेत्राधिकार नपुग्ने भन्दै उजुरी दर्ता गर्न अस्वीकार गरेको हो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.