रेफ्री खरिद प्रकरण : बार्सिलोनाविरुद्ध भ्रष्टाचारको मुद्दा - Crazysaptahik.com

रेफ्री खरिद प्रकरण : बार्सिलोनाविरुद्ध भ्रष्टाचारको मुद्दा

स्पेनको रेफ्री समितिका पूर्व उपाध्यक्ष जोसे मारिया एनरिकेज नेग्रेरालाई क्लबले गरेको भुक्तानीमा बार्सिलोनाले भ्रष्टाचारको मुद्दा सामना गर्नुपर्ने भएको छ। यो गत महिना बार्साले नेग्रेरा र उसको स्वामित्वमा रहेको कम्पनीलाई सन् २००१ र २०१८ को बीचमा कूल ८४ लाख यूरो भुक्तान गरेको थियो।

बार्सिलोनाको एक अदालतले शुक्रबार बार्सिलोना, क्लबका पूर्व पदाधिकारी र नेग्रेराविरुद्ध ‘भ्रष्टाचार’, ‘विश्वासको उल्लङ्घन’ र ‘झूटा व्यापार रेकर्ड’ गरेको आरोपमा सुनुवाइ गरेको छ। बार्सिलोनाको सरकारी वकिलको कार्यालयले ल्याएका यी मुद्दाहरूमा क्लबका साथै पूर्व अध्यक्षहरू जोसेप मारिया बार्टोमेउ र स्यान्ड्रो रोजेललाई पनि विपक्षी बनाइएको छ।

गत महिना ला लिगाका प्रमुख कार्यकारी जाभियर टेबासले वर्तमान अध्यक्ष जोन लापोर्ताले भुक्तानीहरू व्याख्या गर्न असमर्थ भएमा राजीनामा दिनुपर्ने बताएका थिए। यता लापोर्टाले प्रतिक्रिया दिँदै ‘पद छोडेर’ टेबासलाई उनले चाहेको कुरा नदिने र आफ्नो क्लबले ‘कहिल्यै रेफ्रीहरू नकिनेको’ कुरामा जोड दिएका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.