हत्या निरा प्रकरण : झापाका विनोद विक पक्राउ - Crazysaptahik.com

हत्या निरा प्रकरण : झापाका विनोद विक पक्राउ

क्रेजी संवादाता,
विराटनगर । काठमाडौंको कपनस्थित सरस्वतिनगरमा भएको हत्या प्रकरणमा झापाबाट एक युवक समातिएका छन् । निरा आचार्या पाण्डेको हत्या अभियोगमा प्रहरीले झापाका विनोद विकलाई पक्राउ गरेको हो।

एआइजी किरण बज्रचार्यकको नेतृत्वमा गठित समितिले एक युवकलाई झापाको बिर्तामोडबाठ पक्राउ गरेर काठमाडौँ ल्याइएको प्रहरीले जनाको छ। वैशाख ७ गते दिउँसो कपनको सरस्वती नगरमा पसल चलाउँदै आएकी बागलुङको वडिगाढ गाउँपालिका घर भएकी ३५ वर्षीय निरा आचार्य पाण्डेको हत्या भएको थियो।

हत्या भएपछि उनी काठमाडौं छोडेर झापा पुगेका थिए। सुनको गहनाको लागि हत्या गरिएको अभियुक्तले प्रहरीसँग बयान दिएका छन्। त्यस्तै घटनामा अरुको संलग्नता नरहेको समेत दाबी गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.