फेम्सोहाङ लिबाङ समुदायको बंशावली पुस्तक सार्वजनिक - Crazysaptahik.com

फेम्सोहाङ लिबाङ समुदायको बंशावली पुस्तक सार्वजनिक

क्रेजी संवाददाता
पथरी । धेरै समयको खोज अनुसन्धानपछि फेम्सोहाङ लिबाङ (लिम्बु) समुदायको बंशावली पुस्तक सार्वजानिक भएको छ ।
शुक्रबार पथरीशनिश्चरे वडा न.ं १० मा अवस्थित सिरिजंगा धार्मिक वनमा पुस्तकको सार्वजानिक गरिएको थियो ।
साँवा वंशावलीका अध्यक्ष धनप्रसाद साँवाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा वंशावली सार्वजनिक कार्यक्रममा झापा मोरङ सुनसरी लगायतका जिल्लाका फेम्सोहाङ लिबाङ लिम्बुहरुको उपस्थिति रहेको थियो ।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि साँवाले बंशावली पुस्तक प्रकाशन गर्नु चुनौतीपूर्ण कार्य रहेको भन्दै अनुसन्धानकर्तालाई धन्यवाद ज्ञापन गर्नुका साथै चुनौतीपूर्ण कार्यमा केही समस्या हुन सक्ने हुँदा केही कमी कमजोरी रहे अनुसन्धानकर्तालाई सुझाव दिएर सहयोग गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै लेखन तथा संकलन टोलीका संयोजक ताराहाङ लिम्बुले पुस्तकमा भएका कमी कमजोरीलाई सुझावको रुपमा ग्रहण गर्दै दोस्रो संंकरणमा थप सुधार गर्दै लैजाने प्रतिवद्धता जनाएका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.