क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाका १० वटै वडाहरूमा सामाजिक सुरक्षा भत्ता नविकरण गराउन सुरु गरिएको छ ।
आर्थिक वर्ष २०८१÷०८२ को सामाजिक सुरक्षा भत्ता नविकरण साउन १ गतेदेखि वडा कार्यालयहरुबाट गराउन सुरु गरिएको हो ।
सामाजिक सुरक्षा नविकरण बायोमेट्रिक प्रणालीबाट वडा नं. ७ मा पहिलो पटक धनमाया लिम्बुको नविकरण गरिएको वडाध्यक्ष उद्धवराज बस्नेतले जानकारी दिनुभयो ।
यसैगरी वडा नं. १ मा नविकरण गराउन थालिएको वडा सचिव मित्रकला चापागाईले जानकारी गराउनुभयो । यस्तै अन्य वडाहरुमा पनि हिजैबाट नविकरण गराउन सुरु गरिएको छ ।