भुल्के जल उद्योगको अनुगमन - Crazysaptahik.com

भुल्के जल उद्योगको अनुगमन

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको उपप्रमुख एवं नगर स्तरीय अनुगमन समितिको संयोजक देवीमाया काफ्लेको अगुवाईमा बजार अनुगमन समितिले श्री भुल्के जल उद्योगको अनुगमन गरेको छ ।
आज पथरी शनिश्चरे वडा नं. १ मा स्थापित सो उद्योगले विक्री गरेको पानी वडा नं. २ का एक उपभोक्ताले घरमा जारको खानेपानी दुषित रहेको भनी सूचना प्राप्त भए पश्चात् नगरपालिकाको अनुगमन समितिद्वारा स्थलगत अनुगमन गरिएको हो ।
सो उद्योेगको विक्री गरिएको जारहरु स्थलगत रुपमा अनुगमन गर्दा त्यहाँ भएका जारहरु मध्ये खोलिएको जारको खानेपानीमा केही लामखुट्टेको लार्भा देखिएको भएता पनि नखोलिएका जारहरूमा भने खामखुट्टेको लार्भा नदेखिएको, उद्योगमा खानेपानी संकलन गर्ने, प्रशोधन गर्ने तथा जारमा खानेपानी भर्ने कार्य उल्लेखनीय त्रूटि नपाइएको यद्धपि अझै सावधानी अपनाउनुपर्ने र आगामी दिनमा खानेपानी संकलन, प्रशोधन तथा प्याकेजिङ कार्य गर्दा जनस्वास्थ्यको संवदेनशिलतालाई ख्याल गर्दै सावधानी अपनाउन नगरपालिकाले सचेत गराएको छ । अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत शशि राई, राजश्व शाखा प्रमुख ताराप्रसाद ढकाल, स्वास्थय शाखाका अधिकृत एकराज खत्री, नगर प्रहरी इन्चार्ज बलबहादुर गौतमको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.