प्रेस चौतारी नेपाल मोरङको अध्यक्षमा चिना थापा, पत्रकार महेन्द्र विष्ट सम्मानित - Crazysaptahik.com

प्रेस चौतारी नेपाल मोरङको अध्यक्षमा चिना थापा, पत्रकार महेन्द्र विष्ट सम्मानित


क्रेजी संवाददाता
मोरङ।
प्रेस चौतारी नेपाल मोरङको ९औँ जिल्ला अधिवेशन कोशी प्रदेशका मुख्यमन्त्री मा. हिकमत कुमार कार्कीले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएको छ । उक्त अधिवेशन शनिबार नयाँ नेतृत्व चयन र पुरस्कार वितरण गर्दै सम्पन्न भएको हो ।

अधिवेशनको अवसरमा नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टलाई शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । विष्टलाई नगद रु २१ हजार सहित कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले सम्मान गर्नुभएको हो । प्रेस चौतारीले प्रदान गर्ने अन्य पुरस्कारहरूमा जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार र कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार समेत समावेश छन् ।

अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षः चिना थापा, उपाध्यक्षः शशांक पौडेल,महिला उपाध्यक्षः रामजना अधिकारी (रञ्जना), सचिवः नवराज भट्टराई, सहसचिवः कृष्णचन्द्र सुवेदी, सहसचिव (समावेशी तर्फ)ः राजकुमारी तामाङ, कोषाध्यक्षः पुण्य पी. अधिकारी, त्यस्तै सदस्यहरूः निशान्त ढुंगाना, विशाल मण्डल, प्रमोद कार्की, सामना भट्टराई, संगीता राई, शिशिर राई, शिवशंकर परिहस्त, रोहन राई, दीपक खड्का, रामकुमार शर्मा, रोमा दाहाल, कुलदीप बाँस्तोला, विवेक खतिवडा, विदिशा भट्टराई चयन हुनुभएको छ ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, केन्द्रीय सचिव तथा कोशी प्रदेश इञ्चार्ज विक्रम लुइँटेल, एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, रामलाल साह, केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकाल, एमाले प्रदेश कमिटी अध्यक्ष घनस्याम खतिवडा, मोरङ अध्यक्ष बाबुराम कार्की, कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागका प्रमुख लक्षुमन तिवारी, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य कमल रिमाल, प्रदेश अध्यक्ष भरत खड्का, मोरङ अध्यक्ष सुशीला पाठकलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी नेपाल श्रमजीवी पत्रकारहरूको गौरवमय इतिहास बोकेको संगठन भएको बताउनुभयो । उहाँले संगठनलाई एकताबद्ध बनाउन र देशभक्तका विरुद्ध भइरहेको घेराबन्दी चिर्न पत्रकारहरू सशक्त रूपमा उत्रनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम प्रेस चौतारी नेपाल मोरङका अध्यक्ष सुदिप कोईरालाको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्बन्धित खवर