आ,त्मा,ह,त्या न्यूनीकरण सम्बन्धी मनोपरामर्श कार्यक्रम - Crazysaptahik.com

आ,त्मा,ह,त्या न्यूनीकरण सम्बन्धी मनोपरामर्श कार्यक्रम


ईश्वर दुलाल,
मोरङ।
मोरङको पथरीशनिश्चरेमा आ,त्मा,ह,त्या न्यूनीकरण तथा व्यवस्थापन कार्यदलको आयोजनामा आ,त्मा,ह,त्या रोकथामका लागि मनोपरामर्श कार्यक्रम अघि बढाइएको छ । सोमबार आ,त्मा,ह,त्याको प्रयास गरेका व्यक्ति तथा उनीहरूको परिवारलाई लक्षित गरी मनोपरामर्श कार्यक्रम सञ्चालन गरिएको कार्यदलका संयोजक तथा नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रम अन्तर्गत आ,त्मा,ह,त्याको प्रयास गरेका व्यक्तिका घरमा प्रत्यक्ष पुगेर प्रयासका कारणहरू पहिचान गरी तिनको मानसिक स्वास्थ्य सुधार गर्न मनोपरामर्श प्रदान गरिएको थियो ।

टिपियो नेपालका मनोपरामर्शदाता मनि केरुङका अनुसार, “आ,त्मा,ह,त्या गर्नुपर्ने स्थितिमा पुगेका व्यक्तिहरूको मानसिक अवस्था बुझेर उनीहरूलाई सहयोग पु¥याउनु नै हाम्रो मुख्य लक्ष्य हो । हामीले उनीहरूलाई जीवनप्रतिको नयाँ दृष्टिकोण र आत्मविश्वास दिन प्रयास गरिरहेका छौँ ।”

कार्यक्रममा सहभागिता जनाउँदै पथरीशनिश्चरे नगरपालिका उपप्रमुख देवीमाया काफ्लेले आत्मविश्वास अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । साथै, ईलाका प्रहरी कार्यालय पथरीका सई विष्णुबहादुर राउतले आ,त्मा,ह,त्या रोकथामका लागि समुदायस्तरबाटै पहल गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उपप्रमुख काफ्लेले यस्ता कार्यक्रमले आ, त्मा, हत्या रोकथाममा सकारात्मक प्रभाव पार्ने र स्थानीय जनतालाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

क्रेजी साप्ताहिक संगको कुराकानीमा इलाका प्रहरीकार्यलय पथरीका डिएसपी मोहन बिक्रम दाहालले यस किसिमका कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन मानसिक स्वास्थ्य सचेतनाका अभियान, विद्यालयस्तरमा परामर्श कक्ष सञ्चालन, र परिवार तथा समुदायका सदस्यहरूको सक्रिय संलग्नता आवश्यक हुने सुझाव दिनुभयो ।

सम्बन्धित खवर