प्याराडाइजको २१ औं अभिभावक दिवस तथा वार्षिकोत्सव - Crazysaptahik.com

प्याराडाइजको २१ औं अभिभावक दिवस तथा वार्षिकोत्सव

क्रेजी संवाददाता
शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ९ शनिश्चरेस्थित प्याराडाइज इंग्लिस बोर्डिङ स्कुलले २१ औं अभिभावक दिवस तथा वार्षिकोत्सव मनाएको छ ।
आज प्याराडाइजले वि.सं. २०८१ को वार्षिकोत्सव विभिन्न साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरणका साथै सम्मान गर्दै मनाएको हो ।
विद्यालयका विद्यार्थीहरूले निक्कै हर्षाेल्लासका साथ ¥याम्स, नृत्य, गायन, नाटक तथा विविध प्रस्तुतिहरू पस्केर उपस्थित अभिभावक तथा अतिथिहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

अभिभावक तथा वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि वडा नं. ९ का वडा अध्यक्ष वीरबहादुर राई रहनुभएको थियो । यसैगरी विशेष अतिथिहरूमा विद्यालय व्यवस्थापन समिति तथा स्थानीय विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
विद्यालयले अभिभावकहरुका लागि आयोजना गरेको खेलकुदमा विजेता अभिभावकहरु र विभिन्न कक्षा तथा विधामा उत्कृष्टता हासिल गर्ने छात्र छात्राहरूलाई पुरस्कार समेत प्रदान गरिएको थियो ।

कार्यक्रमको उद्घोषण दुर्गा बहादुर कार्कीले गर्नुभएको थियो भने अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र लिम्बुको रहेको थियो । यस्तै कार्यक्रममा गणेश लिम्बु, जंग बहादुर कार्की, कृष्णमाया नेपाली, मञ्जु राई, प्रकाश बहादुर कार्की, एकराज निरौला, सोमनाथ भट्टराई, छविन्द्रमानसिंह कार्की, होमनाथ घिमिरे, बोधराज सिग्देल लगायतको उपस्थिति रहेको थियो ।
प्याराडाइजले विद्यार्थीहरुलाई अध्ययनका अलवा अतिरिक्त क्रियाकलापमा पनि अब्बल स्थान उभ्याउदै हरेक वर्ष अभिभावक दिवस तथा वार्षिकोत्सव कार्यक्रम मनाउँदै आइरहेको छ ।

सम्बन्धित खवर