द पावर जिमले खेलाडीहरूलाई ग¥यो सम्मान - Crazysaptahik.com

द पावर जिमले खेलाडीहरूलाई ग¥यो सम्मान


क्रेजी संवाददाता
पथरी।
मोरङको पथरीशनिश्चरे नगरपालिका–९ मा रहेको द पावर जिम तथा फिटनेस क्लबले मिस्टर कोशी प्रदेश शारीरिक सुगठन प्रतियोगिता २०८१ मा उत्कृष्ट प्रदर्शन गर्ने आफ्ना खेलाडीहरूलाई सम्मान गरेको छ ।

धरानमा चैत २३ र २४ गते सम्पन्न प्रतियोगितामा सहभागी खेलाडीहरूलाई क्लबले कदरपत्र प्रदान गर्दै सम्मान गरेको हो । प्रतियोगितामा ७० केजी तौल समूहमा प्रथम तथा ओभरअलमा द्वितीय स्थान हासिल गर्ने अजय मल्लीक, ६५ केजीमा द्वितीय स्थान प्राप्त गर्ने सुमन राई र ६० केजीमा छैटौँ स्थान हात पार्ने विक्रम राई सम्मानित भएका हुन् । अजय मल्लीकले प्रतियोगिताबाट ५० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।

सम्मान कार्यक्रममा क्लबका सदस्य तथा समाजसेवी मुकुन्द पौडेल, मिना गौतम लगायतले खेलाडीहरूलाई शुभकामना दिँदै उनीहरूको मिहिनेत र उपलब्धिको प्रशंसा गरेका थिए ।

कार्यक्रममा बोल्दै क्लबका सञ्चालक एवम् प्रशिक्षक लोक बहादुर तामाङले भने, “नियमित जिम गर्नाले शरीर तन्दुरुस्त हुन्छ, आत्मविश्वास बढ्छ, मानसिक सन्तुलन कायम रहन्छ र अनुशासनको विकास हुन्छ । हाम्रो क्लबले व्यक्तिगत तालिम, जुम्बा, एरोबिक, तौल घटाउने र बढाउने तालिममार्फत सदस्यहरूलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्दै आएको छ ।”

उनका अनुसार ‘द पावर जिम’ विगत ६ वर्षदेखि सक्रिय रुपमा सेवा दिँदै आएको छ र आगामी दिनमा अझ प्रभावकारी ढंगले सेवा विस्तार गर्ने योजना रहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.