ग्रेट ग्रेस एकेडेमीको फड्को - Crazysaptahik.com

ग्रेट ग्रेस एकेडेमीको फड्को

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ४ शान्ति चौकमा स्थापित ग्रेट ग्रेस इङ्लिश एकेडेमी शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा लगातार फड्को मार्दै अनवरत रुपमा अघि बढिरहेको निजी शैक्षिक संस्था हो ।

वि.सं. २०६३ सालमा संस्थापक स्व. टिकाराम श्रेष्ठले ग्रामीण क्षेत्रमा शैक्षिक विकासको अति नै अपरिहार्य महसुस गरी स्थापना गर्नुभएको थियो । स्थापना पश्चात् श्रेष्ठले अनेक चुनौतीहरुको सामना गर्दै विद्यालयलाई अघि बढाइरहनुभएको थियो । विडम्वना वि.सं. २०७६ मा संस्थापक श्रेष्ठको दुर्घटनामा परी निधन भयो । उहाँको निधन पश्चात् विद्यालयको सम्पूर्ण अभिभारी गिता श्रेष्ठमा आइपर्यो (स्व. श्रेष्ठको धर्मपत्नी) ।
अनेकौं आरोह अवरोहहरुसँग पौठेजोरी खेल्दै श्रेष्ठले विद्यालयलाई अगाडि बढाइरहनुभयो । अहिले विद्यालयले १८ औं वर्ष पार गरिसकेको छ । फलतः २०८१ फागुन १७ गते एक भव्य समरोहका बीच विद्यालयले १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस धुमधामका साथ मनाएको छ।

सो कार्यक्रमका प्रमुख अतिथि वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपानेले भन्नुभएको थियो –‘ग्रेट ग्रेस एकाडेमीले अध्ययनका अलवा अतिरिक्त क्रियाकलापमा निक्कै प्रगति गरिरहेको छ । मैले भन्न मिल्छ या मिल्दैन तर मैले भन्नैपर्छ हाम्रो नगरपालिकामा निक्कै गनिएका विद्यालयहरुलाई यस विद्यालयलले सँगसँगै प्रतिस्पर्धा गरिरहेको मैले आभाष गरेको छु । थप उन्नति प्रगतिको शुभकामना दिन चाहन्छु ।’
वडाध्यक्ष न्यौपानेले भनेझै हो यस विद्यालयले यस नगरपालिकामा गनिएका र बजार केन्द्रित विद्यालयहरुलाई पछ्याइरहेको छ । यसरी विद्यालयले फड्को मार्नुमा विशेषतः विद्यालयले गुणस्तरीय शिक्षा, समग्र सिकाइको दृष्टिकोणका आधारमा रहेर शिक्षण सिकाइ गर्नु नै रहेको दावी गर्नुहुन्छ प्रिन्सिपल/ फाउण्डर गीता श्रेष्ठ । श्रेष्ठले भन्नुभयो–‘हामी ग्रामीण भेगमा रहेर गुणस्तरीय शिक्षा प्रदान गर्न कोसिसरत छौं, हाम्रो यो सानो कोसिसलाई निरन्तर साथ, सहयोग र हौसला दिनुहुने सम्पूर्ण अभिभावक, विद्यार्थी, स्थानीयवासीहरुप्रति हामी आभारी छौं ।’
विद्यालय स्थापनाका संस्थापक स्व. टिकाराम श्रेष्ठको स्मृतिमा स्थापना गरेको टिकाराम श्रेष्ठ स्मृति अन्तर विद्यालय हस्तलेखन प्रतियोगिता २०८१ को आयोजना पनि विद्यालयले गर्दै आइरहेको छ ।

यसैगरी ग्रेस ग्रेसले अध्ययनका अलवा विद्यालयले अतिरिक्त क्रियाकलापहरुमा पनि नगर हुँदै जिल्लामा राम्रै सफलता हासिल गरिरहेको छ । पथरी शनिश्चरे नगरद्वारा २०८० मा आयोजित अन्तर वद्यालय चित्रकला प्रतियोगितामा जुनियरतर्फ प्रथम, प्याव्सन मोरङद्वारा आयोजित जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा जुनियरतर्फ सान्वतना, वि.सं. २०८१ मा प्याव्सन मोरङद्वारा आयोजित जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा जुनियरतर्फ प्रथम स्थान हासिल गरी चित्रकलातर्फ उत्कृष्टता प्रस्तुत गरिसकेको छ ।

यसैगरी विद्यालयले नृत्यतर्फ पनि उत्कृष्तटा हासिल गर्दै आइरहेको छ । प्याब्सन पथरी शनिश्चरे नगरले आयोजना गरेको लोक नृत्य प्रतियोगिता २०८१ मा प्रथम स्थान हासिल गर्न सफल भएको थियो । यस्तै प्याब्सन मोरङद्वारा आयोजित जिल्ला स्तरीय लोक नृत्य प्रतियोगितामा जुनियरतर्फ दोस्रो स्थाल हासिल गर्याे ।
यसरी अध्ययनसँगै गायन, चित्रकला, अभिनय, साहित्य लगायत विभिन्न अतिरिक्त क्रियाकलामा पनि विद्यालयले हासिल गरेको उपलब्धिले पनि अभिभावकहरूको रोजाइमा ग्रेस ग्रेस एकेडेमी पर्ने गरेको छ ।

विद्यार्थीको नजरमा ग्रेस ग्रेस एकेडेमी :-

नमस्कार, म युनिका राई । अहिले म ग्रेट ग्रेस एकेडेमीमा कक्षा–८ मा अध्ययन गरिरहेकी छु । मेरो विद्यालयमा शिशु कक्षादेखि कक्षा–८ सम्म पढाई भइरहेको छ । हाम्रो विद्यालय हेर्दा सानो देखिएता पनि यहाँको शैक्षिक वातावरण धेरै नै राम्रो भएकाले हामीलाई नि अध्ययन गर्न निक्कै सहज छ । हाम्रो विद्यालयका स्टाफहरुको एकरुपले होला हामीलाई अतिरिक्त क्रियाकलापहरुमा निरन्तर सफलता हात परिरहेको छ । विद्यालयका शिक्षक शिक्षिकाहरु एकदमै लगनशील, सहनशील र नम्र लाग्छ मलाई, जसले गर्दा हामीलाई सिकाइका लागि थप सहजता भइरहेको आभाष हुन्छ मलाई । विद्यालय आउन जानको लागि यातायातको व्यवस्था भएको समयको सही सदुपयोग भएको मैले पाएको छु । र, अन्त्यमा म यो भन्न चाहन्छु कि हामी विद्यार्थीले जति मेहनत गर्छाैं विद्यालयले होस्टेमा हस्से गरिरहेकै छ, सबै मिली विद्यालयको नाम अझ माथि उठाऔं । धन्यवाद ।’

सम्बन्धित खवर