क्रेजी संवाददाता
पथरी । नाटककार हबिब तनवीरद्वारा लिखित नाटक ‘चरणदास चोर’ साउन ३१ गतेदेखि मञ्चन हुने भएको छ ।
दुई वर्षअघि नाटक ‘अनि देउराली रुन्छ..’ मञ्चनपछि पथरीको शब्द थिएटरले वडा नं. २ को हरियाली सामुदायिक वनको हलमा ‘चरणदास चोर’ मञ्चन हुने पत्रकार सम्मेलन मार्फत् जानकारी गराइएको छ ।
निक्कै चर्चित नाटक ‘चरणदास चोर’ नाटकलाई स्थानीय परिबेशमा ढालिएको निर्देशक जीवन बरालले जानकारी गराउनुभयो ।
नाटकमा सुमन कुइकेल, अशोक साम्पाङ, प्रेम खतिवडा, सन्तोष राई (छत्र), पुष्प राई, रबिन रिजाल, रोशन मुर्मु, करुणा तिम्सिना, भूमिका बस्नेतको अभिनय रहेको छ । यसैगरी ग्रिष्म लिम्बु, अनिषा श्रेष्ठ लगायतका कलाकारहरुको भूमिका रहने नाटकमा कोरियोग्राफ राम विकले सम्हालेका छन् । संगीत संयोजन पुष्प राईको रहने नाटकको सहायक निर्देशन सुमन कुइकेल र प्रेम खतिवडाको रहने शब्द थिएटरले सुझाएको छ ।