शनिश्चरेमा पन्जा लडाई प्रतियोगिता - Crazysaptahik.com

शनिश्चरेमा पन्जा लडाई प्रतियोगिता

क्रेजी संवाददाता
पथरी । मोरङ पथरी शनिश्चरेको शनिश्चरे बजारमा प्रथम पटक पन्जा लडाई प्रतियोगिता भएको छ ।
शनिबार आर्म रेस्लिङ टुर्नामेन्ट (पञ्जा लडाई) प्रतियोगिता सम्पन्न भएको हो । द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा ‘प्रथम पथरी शनिश्चरे पञ्जा लडाई प्रतियोगिता २०८२’ आर्म रेस्लिङ टुर्नामेन्टमा कार्यक्रमका प्रमुख अतिथि लालबहादुर सुस्लिङ र पथरी शनिश्चरे वडा नं. ९ का वडाध्यक्ष वीरबहादुर राईबीच पञ्जा लडाएर खेलको उद्घाटन गरिएको थियो ।
तीन समूहमा प्रतिष्पर्धा गराईएको सो प्रतियोगितामा ०–५५ केजी तौल समूहबाट नारायण सुन्दास प्रथम, आर्यन श्रेष्ठ दोस्रो र उजन तामाङ तेस्रो भएका थिए । यस्तै, ५५—६५ केजी तौल समूहबाट विश्वास थापा प्रथम, सुजन विश्वकर्मा दोस्रो र प्रवेश लिम्बु तेस्रो भएका थिए । र, ६५–७५ केजी तौल समूहबाट मौशम लिम्बु प्रथम, सुमन लिम्बु दोस्रो र शुक्र विश्वकर्मा तेस्रो भएका थिए । सो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेहरुले क्रमशः ५, ३ र २ हजार, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.