क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा स्थापित एभरेष्ट अंग्रेजी बोडिङ स्कुलले अन्तर विद्यालय हिज्जे प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ ।
आज निजी तथा आवासीय विद्यालय अर्गानाईजेसन, नेपाल (प्याब्सन) पथरी शनिश्चरे नगरले आयोजना गरेको सो प्रतियोगितामा एभरेष्टको दिक्षा मगर, निमिशा बस्नेत, दृष्टी न्यौपाने र सितल सेन्चुरीको टिमले प्रथम स्थान हासिल गरेको हो ।
भूपू सैनिक बोर्डिङ स्कुलमा भएको सो प्रतियोगितामा पेगोडा मोडल दोस्रो, न्यू पेगोडा तेस्रो स्थान हासिल गरेको छ । यस्तैगरी क्रमशः रेडस्टार मावि, ग्रेटग्रेस बोर्डिङ स्कुल र केचना प्याराडाइजले छैटौ स्थान हासिल गरेको प्याव्सन नगर सचिव सुजन बास्तोलाले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताहरुले ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरे । यसैगरी विजेताहरुले विराटनगरमा हुने जिल्ला स्तरीय स्पेलिङ कन्टेष्टमा सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।