कोशीका केही स्थानमा वर्षाको सम्भावना - Crazysaptahik.com

कोशीका केही स्थानमा वर्षाको सम्भावना

क्रेजी संवाददाता
मोरङ । नेपालबाट यो वर्षको मनसुन बाहिरिएको छ । शुक्रबारबाट मनसुन बाहिरिएको हो । मनसुन बाहिरिए पनि केही स्थानमा वर्षाको सम्भावना छ ।
कोशी प्रदेशका एकदुई स्थानमा मात्रै वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ ।
कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार राति कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.