
क्रेजी संवाददाता
पथरी । नगर स्तरीय प्याब्सन लोकनृत्य प्रतियोगिताको सिनियर तर्फको उपाधि मोरङ मेरिगोल्ड स्कुलले आफ्नो पोल्टामा पारेको छ ।
शुक्रबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल पथरी शनिश्चरेले आयोजना गरेको सो प्रतियोगिताको ट्रफी मोरङ मेरिगोल्डले उचालेको हो ।
पथरी शनिश्चरेको भूपू सैनिक अंग्रेजी विद्यालयमा भएको लोकनृत्य प्रतियोतिामा सिनियर समूहमा बराबर अंक प्राप्त गर्दै रेड स्टार अंग्रेजी माध्यमिक विद्यालय र एभरेस्ट अंग्रेजी मावि स्कूलले संयुक्त रूपमा फस्ट रनरअपको उपाधि प्राप्त गर्न सफल भएका छन् ।
नगर प्याब्सनका अध्यक्ष सन्तोष बस्नेतको अध्यक्षतामा भएको नृत्य प्रतियोगिताको पुरस्कार पथरी शनिश्चरे नगरपालिकाका शिक्षा शाखा प्रमुख नविन खुलाल र प्याब्सनका सल्लाहकारहरुले संयुक्त रुपमा वितरण गर्नुभएको थियो ।
प्रतियोगिताको जुनियरतर्फ ६ वटा विद्यालयले सहभागिता जनाएको थियो । विजयी विद्यालयहरुले मंसिर १३ गते हुने जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा सहभागिता जनाउने आयोजकका सचिव सुजन बास्तोलाले जानकारी दिनुभयो ।

