
क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा भएको प्याब्सन भलिबल टुर्नामेन्टमा एभरेष्ट बोर्डिङ स्कुलले आफ्नो वर्चस्व प्रस्तुत गरेको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन पथरी शनिश्चरे नगरले आयोजना गरेको प्याब्सन भलिबल टुर्नामेन्टमा एभरेष्टले छात्र÷छात्रा दुवैको प्रथम स्थान हासिल गरेको हो ।
शनिबार भएकोको दुवै फाइनल खेलमा ‘बेष्ट अफ थ्री’ नियम अनुसार रेडस्टार माविलाई सोझो सेटमा पराजित गर्दै एभरेष्ट बोर्डिङ स्कुलले विजय हासिल गरेको हो । एभरेष्टले हरेक वर्ष भलिबल प्रतियोगितामा उत्कृष्टता हासिल गर्दै आइरहेको छ ।
प्रतियोगिताका विजेता एभरेष्ट बोर्डिङ स्कुल र फस्र्ट रन अफ बन्न सफल रेडस्टार माविका खेलाडीहरूले आगामी मंसिर १८ र १९ गते हुने जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउने प्याब्सन नगर कार्य समिति पथरी शनिश्चरेका सचिव सुजन बास्तोलालेल जानकारी दिनुभयो । प्याब्सन भलिबल टुर्नामेन्डमा नगरका कूल १० वटा छात्र टिम र ८ वटा छात्रा टिमले सहभागिता जनाएको थियो ।


