
क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं २ को रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालयले एस. ई. ई. तथा एस. एल. सी. परीक्षा तयारीका लागि आफ्ना विद्यार्थीहरूलाई उत्प्रेरणात्मक (Exam Boost Up cum Goal Setting Seminar संचालन गरेको छ।
आज बिहान कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि उक्त उत्प्रेरणात्मक कार्यक्रमको आयोजना गरेको हो भने दिउँसो कक्षा ९ -१० का छात्र छात्राहरूका लागि उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
नेपालका परिचित पिस एजुकेसनका फाउन्डर तथा सीइओ, उत्प्रेरक motivationer प्रशिक्षक ईश्वर श्रेष्ठले विद्यालयका नानीबाबुहरुलाई आ- आफनो उत्कृष्ट नतिजाका लागि निरन्तर अध्ययन र लक्ष्य प्राप्ति र उज्यालो भविष्य निर्माणको लागि अनुशासित र संस्कारी भएर मेहेनत गरी सुनौलो भविष्य निर्माण गर्न उत्प्रेरित गर्नु भएको थियो।
उक्त अवसरमा ब्रिटिस काउन्सिलद्वारा अन्तर्राष्ट्रिय स्कुल अवार्ड प्राप्त सो विद्यालयका कक्षा ९, १० , ११ र १२ मा अध्ययनरत ८ सय बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो ।



