
क्रेजी संवाददाता
विराटनगर । रेडस्टार कलेज पथरीले हिसान खेलकुद सप्ताह २०८२ अन्तर्गत छात्रातर्फ प्रतिस्पर्धात्मक भलिबल प्रतियोगिताको च्याम्पियन बन्दै उपाधि आफ्नो पोल्टामा पारेको छ ।
आज डीपीएस स्कुल मैदान विराटनगरमा भएको फाइनल प्रतियोगितामा रेडस्टारले ३–० को सोझो सेटमा राष्ट्र निर्माण रतुवामाईलाई हराउँदै च्याम्पियन बनेको हो ।
रेडस्टार कलेज पथरीले आजै अपरान्न ३ बजेदेखि छात्र तथा छात्रातर्फ फुटबल प्रतियोगिताहरूको फाइनल प्रतिस्पर्धा गर्दैछ ।
अपरान्न ३ बजेदेखि रेडस्टार कलेजका छात्र र छात्रा दुवै टिमहरूले अर्किड कलेज विराटनगर र शिक्षा सन्देश बेलबारीसंग सनसनीपूर्ण प्रतिस्पर्धात्मक फाइनल खेल खेल्दैछन् ।
छात्रा तर्फको फाईनल खेल रेडस्टार पथरी र अर्किड कलेज विराटनगर बीच प्रतिस्पर्धात्मक फाइलन खेल हुँदैछ भने आजै साँझ ५ बजेदेखि छात्र फुटबलतर्फ रेडस्टार पथरी र शिक्षा सन्देश, बेलबारी बिच रात्रिकालीन फुटबल खेलको फाइनल प्रतियोगिता हुनेछ ।

