
क्रेजी संवाददाता
पथरी शनिश्चरे । मोरङ पथरी शनिश्चरेमा स्थापित पथरीको पहिलो निजी विद्यालय एभरेष्ट आवासीय माध्यमिक विद्यालयमा आई.एस.ओ. प्रमाणिकरण कार्यक्रमको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
आज एभरेष्टमा विद्यालयको सेवा र व्यवस्थापन प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रम Everest International Management Consultancy & Training Agency -EIMCTA, काठमाडौंको सहकार्यमा सञ्चालन गरिएको हो । विद्यालयले ISO 21001:2025 Educational Organization Management System (EOMS) प्रमाणिकरण हासिल गर्ने लक्ष्यसहित यो प्रक्रिया अघि बढाएको जनाएको छ । कार्यक्रममा विद्यालयका निर्देशक रविन कन्दङ्वा र प्रिन्सिपल कमल तिम्सिनाले आफ्ना सारगर्भिक भनाइहरु राख्नुभएको थियो ।
कार्यक्रममा प्रशिक्षक शैलेन्द्र खरेलले ISO प्रणालीको महत्व, विद्यालय व्यवस्थापनमा यसको प्रभाव तथा गुणस्तरीय शिक्षामा हुने सकारात्मक परिवर्तनबारे प्रष्ट पानुभएको थियो । दुई दशक भन्दा लामो अन्तर्राष्ट्रिय अनुभव बोकेका खरेल अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता तथा लिड अडिटर समेत रहनुभएको छ । विद्यालय प्रशासनका अनुसार ISO प्रमाणिकरणले शिक्षण सिकाइ प्रक्रिया अझ व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउने विश्वास लिइएको छ । अभिभावक confirms सहभागिताले विद्यालयको सुधार यात्राप्रति समुदायको भरोसा झल्काएको विद्यालयले जनाएको छ ।
सो कार्यक्रमले विद्यालय र अभिभावकबीच सहकार्य बलियो बनाउँदै विद्यार्थीहरूको सुरक्षित र उज्यालो भविष्य निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।


