सदस्य केन्द्रीयता सूचांङ्क तालिम - Crazysaptahik.com

सदस्य केन्द्रीयता सूचांङ्क तालिम


क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका सहकारी शाखाको आयोजनामा सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरुका लागि सदस्य केन्द्रीयता सूचाांङ्क तालिम सम्पन्न भएको छ ।
बुधबार नगरपालिकाको सभाहलमा सो तालिम सञ्चालन भएको थियो । नगरका सहकारी शाखा प्रमुख केशवादेवी धमलाले सञ्चालन गर्नुभएको औपचारिक कार्यक्रमको अध्यक्षता वडा नं. ७ का वडाध्यक्ष तथा आर्थिक समिति समितिका संयोजक उद्धवराज बस्नेतको रहेको थियो । नगरभरिका सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरुको सहभागितामा भएको तालिमको सहजीकरण जिल्ला वचत संघका तालिम अधिकृत रामकुमार दाहालले गर्नुभएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.