शहिद रत्नकुमार बान्तवा राष्ट्रिय खुला फिडे रेटेड ¥यापिड चेस प्रतियोगिता - Crazysaptahik.com

शहिद रत्नकुमार बान्तवा राष्ट्रिय खुला फिडे रेटेड ¥यापिड चेस प्रतियोगिता


क्रेजी संवाददाता
पथरी । ‘शहिद रत्नकुमार बान्तवा राष्ट्रव्यापी खुल्ला फिडे रेटेड ¥यापिड चेस टुर्नामेन्ट–२०८३’ को दोलखाका आशिष फुयाँल च्याम्पियन बनेका छन् ।
मोरङको पथरी शनिश्चरेमा सम्पन्न दुई दिवसीय प्रतियोगितामा फुयाँलले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा उनले ८ अंक जोड्दै उपाधि कब्जा गरेका छन् । प्रतियोगितामा झापाका सुश्रुत दहाल दोस्रो तथा पाँचथरका रिसोन थापा तेस्रो स्थान हासिल गर्न सफल भए ।
देशका विभिन्न जिल्लाबाट सहभागी बुद्धिचाल खेलाडीहरूको सहभागिता रहेको सो प्रतियोगितामा सुनसरीका मुहन नरसिंह श्रेष्ठ चौथो, दमकका प्रकाशचन्द्र नेपाल पाँचौं, झापाकै राजन सुवेदी छैटौं, सर्लाहीका कमल श्रेष्ठ सातौं, पथरी शनिश्चरेका तीर्थराज सुब्बा आठौं, झापाका महेश कुमार चौधरी नवौं र खोटाङका धिरेन राई दशौं स्थानमा रहन सफल भएका छन् ।
प्रतिस्पर्धात्मक बनेको प्रतियोगितामा काठमाडौंका सुरज महर्जन, बिर्तामोडका ज्वाला लिम्बुङ, सुनसरीबाट विष्णु लिम्बु, चितवनका सत्यम शर्मा, दमकका सुमन श्रेष्ठ, क्रमशः ११ औँ देखि १५ औं स्थान हासिल गरे । पथरी शनिश्चरेका लोकसागर साम्बा प्रदेशतर्फ उत्कृष्ट खेलाडी घोषित भए भने काठमाडौँका विश्व विजय घिमिरे अपाङ्गता भएकाहरूबाट उत्कृष्ट घोषित भए। यसैगरी, सौगात माहाली ’अनर्याटेट टप’ घोषित भए भने कौशल भण्डारी (धनकुटा) ’हिलसाइड टप’ भए ।
६० वर्ष माथिका भेट्रान खेलाडीहरुमा काठमाडौँका मणिराज डाँगी भेट्रान टप भए भने विराटनगरका उमेश राई ’मोरङ टप’ बने । यस्तै ,’पथरी शनिश्चरे टप’को उपाधि अग्रिम खड्काले उचालेका हुन् भने पछि केही रोहित सुब्बा दोस्रो हुन सफल भए ।
यू –१६ को प्रथम पोखराका आयुष भण्डारी , पोखराका रोशन थापा मगर यू–१३ को प्रथम हुन सफल भए‌ भने अन्डर १० दमकका सर्जक दाहाल प्रथम बने ।


पथरी शनिश्चरे नगरपालिकाको स्कुल प्रथम किर्तिपुर एकेडेमीकी चाल्र्स सारू मगर, बिर्तामोडकी प्रिया क्षेत्री महिला तर्फबाट प्रथम र ताप्लेजुङकी सुशीला गुरुङ दोस्रो स्थान हासिल गर्न सफल भएका थिए ।
यस्तै, पथरी शनिश्चरेको प्रथम किर्तिपुर एकेडेमीकी समिरा राई प्रथम र सन्ध्या लिम्बु पथरी कै दोस्रो हुन सफल भए । अनुशासन विधातर्फ भने गौरीगञ्ज झापाका श्रीयान्स चौलागाईं घोषित भएको आर्बिटर डम्बर वाछना राईले जानकारी दिनुभयो । दुईदिने प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट ७ वर्षदेखि ७१ वर्षसम्मका १५६ जना रेटेड, ननरेटेड तथा उदीयमान खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । प्रतियोगिताले पूर्वी नेपालमा चेस खेलको विकास, खेलाडीबीच प्रतिस्पर्धात्मक वातावरण निर्माण तथा फिडे रेटिङ प्राप्त गर्ने अवसर विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याएको फ्रेण्डशिप चेस क्लब पथरी शनिश्चरेका अध्यक्ष धनराज राई अमिरले बताउनुभयो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.