
क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ शान्तिचौकमा अवस्थित रेडस्टार इङ्लिस बोर्डिङ स्कुलले कक्षा १२ को वार्षिक परीक्षामा सहभागी भएका १३ औं ब्याचका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै स्वागत कार्यक्रम–२०८३ आयोजना गरेको छ ।
आज सिनभिलेज पार्टी प्यालेसमा भएको सो कार्यक्रममा शैक्षिक वर्ष २०८३ मा कक्षा ११ तथा बीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरूलाई लक्षित गरी विशेष स्वागत कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रममा चर्चित गायिका रचना रिमाल मुख्य आकर्षणको रूपमा सहभागी भएकी थिइन् उनले उपस्थित सबैलाई नाच्न बाध्य बनाएकी थिइन् । रिमालले चर्चित गीत ‘फोटो फिरिममा…’ बाट आफ्नो प्रस्तुति सुरु गरेकी थिइन् । यसैगरी उनले ‘धागोले बाँधेको …’, ‘उनको प्रिती …’, ‘म बाट टाढा…’, ‘अच्छा लेखिन…’, ‘मिनीरल वाटर…’, ‘ओए भन्दा नि बोलेन …’ र अन्तिम प्रस्तुतिका रुपमा ‘पानी छम्किने’ बोलको गीत प्रस्तुत गरेकी थिइन् ।
यस्तै सो कार्यक्रममा विद्यार्थीहरुले सांगीतिक तथा साँस्कृतिक प्रस्तुतिहरू पस्केका थिए । कार्यक्रमका बीचमा विद्यालयका निर्देशक÷प्रिन्सिपल टि.एन. तिम्सिनाले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । हिसान केन्द्रीय सचिव राजेश कार्कीको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा पथरी शनिश्चरे नगरका वरिष्ठ जनस्वास्थ्य अधिकृत मुरारी आचार्य, पथरी उद्योग वाणिज्य संघका महासचिव तथा रेडस्टारको संस्थापक अशोक साम्पाङ, वडा सदस्य चन्द्रकुमार राई, विद्यालयका अभिभावकहरुको उपस्थिति रहेको थियो ।
रेडस्टार २०५२ सालमा स्थापना भएको शैक्षिक संस्था हो । विद्यालयले गुणस्तरीय शिक्षाका साथै सिर्जनात्मक शिक्षण पद्धतिलाई प्राथमिकता दिँदै आएको छ । साथै विद्यालयले ब्रिटिश काउन्सिल इन्टरनेशनल स्कुल अवार्ड २०२१–२०२४ समेत प्राप्त गरेको छ ।



