सुनकोशी बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुग्यो - Crazysaptahik.com

सुनकोशी बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुग्यो


क्रेजी साप्ताहिक । अरनिको राजमार्गअन्तर्गत सुकुटेमा आज भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १३ पुगेको छ । मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको वा२ख ७२४५ नंको यात्रुवाहक बस सुनकोशी नदीमा खसेको थियो ।

प्रहरीले जनाएअनुसार दश जनाको भने घटनास्थलमै मृत्यु भएको थियो । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासीले जानकारी दिएका छन् । उनिहरुका अनुसार केही शव खोलाले बगाएको छ । दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ ।बसमा ४० भन्दा बढी सवार थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ । उनले अहिले उद्धार जारी रहेको जानकारी दिए ।घाइतेलाई सिन्धु सहाबहार अस्पताल तथा गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित खवर